काठमाडौं । पूर्वउपप्रधानमन्त्री तथा नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेललाई गैरकानुनी ढंगले थुनामा राखिएको दाबी गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर भएको छ ।
राजनीतिक प्रतिशोधका आधारमा बिनाकुनै प्रमाण पक्राउ गरिएको जिकिर गर्दै पौडेलकी पत्नीले रिट दायर गरेकी हुन् ।
पौडेलमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले दीपक भट्ट र कमलकिशोर मालपानी समूहबीचको शेयर लेनदेनमा चिनजान गराइदिएको बयानका आधारमा अनुसन्धान सुरु गरेको छ ।
रिट निवेदनमा कुनै ठोस आधार र प्रमाणबिना केवल बयानकै भरमा पक्राउ गरिनु बदनियतपूर्ण रहेको उल्लेख गरिएको छ ।