काठमाडौं । नेकपा एमालेको दुई दिने ‘सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा कार्यशाला’ आजदेखि सुरु हुँदैछ।
केन्द्रीय संगठन विभागको आयोजनामा आजदेखि सुरु हुने कार्यशाला भोलिसम्म सञ्चालन हुनेछ।
अहिले बिहान ११:०० बजेदेखि बबरमहलस्थित कार्की ब्यांकेटमा सुरु हुने कार्यशालालाई एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने छन्।