August 26, 2026, Wednesday
२०८३ भाद्र १०
1:37:26 pm

एमालेले बोलायो संसदीय दल र सचिवालयको बैठक

काठमाडौं । नेकपा एमालेले संसदीय दल र सचिवालयको बैठक बोलाएको छ । आज दिउँसो २ बजेका लागि संसदीय दलको बैठक बोलाइएको हो ।

पार्टी केन्द्रीय कार्यलय च्यासलमा बैठक बस्नेछ ।

संसदीय दलको बैठकपछि एमालेले पार्टी सचिवालय बैठक पनि बोलाएको छ । सचिवालय बैठक साँझ ६ बजेका लागि बोलाइएको छ ।

Advertisement

सचिवालय बैठक अध्यक्ष केपीको ओलीको गुन्डुस्थित निवासमा बस्ने एमाले सचिवालयले जनाएको छ ।

पार्टी उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दाको अनुसन्धनका लागि पक्राउ परेपछि एमालेले बैठक बोलाएको हो।