काठमाडौं। कान्तिपुर मिडिया ग्रुप (केएमजी) का अध्यक्ष तथा प्रवन्ध निर्देशक कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।
सिरोहियाविरुद्ध नागरिकता किर्ते कसुरमा पक्राउ पुर्जी जारी भएको हो ।
धनुषा प्रहरी कार्यालयले उनीविरुद्ध आज (मंगलबार) अदालतबाट पक्राउ पुर्जी जारी गरेको हो ।
केही संस्थामा उनको फरक-फरक नागरिकता पेस भएको र अरुको नम्बर मिलेको भन्दै उजुरी परेको बताइएको छ ।