November 11, 2026, Wednesday
२०८३ कार्तिक २६
1:37:26 pm

पूर्वस्वास्थ्य राज्यमन्त्री तीर्थराम डंगोलको निधन

काठमाडौं । पूर्वस्वास्थ्य राज्यमन्त्री तीर्थराम डंगोलको निधन भएको छ । लामो समयदेखि प्रोष्टेज क्यान्सर र मिर्गाैलाको उपचार गराइरहेका डंगोलको ७७ बर्षको उमेरमा गएराति सिनामंगलस्थित केएमसी अस्पतालमा निधन भएको हो ।

२०६२÷६३ को जनआन्दोलनमा काठमाडौंमा कमाण्डरका रूपमा खटिएका डंगोल कांग्रेस काठमाडौंको कोषाध्यक्ष र जिल्ला सभापति तथा काठमाडौं महानगरपालिकाको पूर्वउपप्रमुख थिए ।

डंगोलको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रीय कार्यालयमा बिहान ११ देखि दिउँसो १ बजेसम्म राखिने र त्यसपछि आजै टेकू दोभानमा अन्त्येष्टि गरिने जनाइएको छ ।

Advertisement