November 7, 2026, Saturday
२०८३ कार्तिक २२
1:37:26 pm

वरिष्ठ कला निर्देशक तथा कलाकार पासाङ टी शेर्पाको निधन

काठमाडौं । वरिष्ठ कला निर्देशक तथा कलाकार पासाङ टी शेर्पाको निधन भएको छ। उनको मंगलबार निधन भएको हो ।

उनको निधनप्रति चलचित्र विकास बोर्डले एक विज्ञप्ति जारी गर्दै गहिरो दुःख व्यक्त गरेको छ ।

लामो समयदेखि नेपाली चलचित्र क्षेत्रमा सक्रिय शेर्पाले ‘दौतरी’, ‘राजु राजाराम’, ‘सावधान’, ‘को आफ्नो को विरानो’, ‘मुग्लान’, ‘चोर सिपाही’, ‘ए मेरो हजुर’, ‘कोहिनूर’, ‘शासन’, ‘हिफाजत’ र ‘क्रोध’ लगायतका दर्जनौं चर्चित चलचित्रहरूमा कला निर्देशक तथा कलाकारका रूपमा काम गरेका छन् ।

Advertisement