November 10, 2026, Tuesday
२०८३ कार्तिक २४
1:37:26 pm

अमेरिकी राष्ट्रपति जो बाइडेनले दिए दिपावलीको शुभकामना

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले शुभ दिपावलीको अवसरमा शुभकामना व्यक्त गरेका छन् । उनले दिपावली मनाउने सबैलाई शुभकामना दिएका हुन् । ‘म संयुक्त राज्य अमेरिका, भारत र विश्वभरि प्रकाशको पर्व दिपावली मनाउने एक अर्ब भन्दा बढी हिन्दू, जैन, सिख र बौद्ध धर्मावलम्बीहरुलाई शुभ दीपावलीको शुभकामना दिन चाहन्छु,’ जारी बक्तब्यमा भनिएको छ ।

ह्वाइट हाउसले आधिकारिक रुपमा दिपावली रिसेप्शनको आयोजना गर्दा पहिलो अश्वेत अमेरिकी र दक्षिण एसियाली अमेरिकन उपराष्ट्रपति कमला ह्यारिसको नेतृत्वमा अमेरिकी इतिहासको सबैभन्दा विविध प्रशासनका सदस्यहरुले घेरिएको दियो प्रज्वलन गर्न पाउँदा गौरवको अनुभव भएको वक्तव्यमा उल्लेख छ ।

‘बक्तब्यमा भनिएको छ,‘हामीले प्रकाशको यो जमघट मनाउँदा पनि यस समुदायले धेरै पटक अन्धकारको अनुभव गर्नुपरेको हामीलाई थाहा छ । अमेरिकी इतिहास हामी सबैलाई समान रूपमा सृजना गरिएको अमेरिकी आदर्श र हामीले यसलाई पूर्ण रूपमा पालना नगरेको कठोर वास्तविकताको बीचमा निरन्तर संघर्ष भएको छ। चाहे अमेरिकामा होस् वा संसारभर, अन्धकारमाथि उज्यालोको विजयको रूपमा दीपावलीले हामी प्रत्येकसँग संसारमा उज्यालो ल्याउने शक्ति छ भन्ने कुराको स्मरण गराउँछ ।’

Advertisement