August 28, 2026, Friday
२०८३ भाद्र १२
1:37:26 pm

डा‍‍.ल्हारक्याल लामा ‘महासद्धम्म जोतिकधज’ धार्मिक उपाधिबाट सम्मानित

काठमाडौं । लुम्बिनी विकास कोषका निवर्तमान कार्यकारी उपाध्यक्ष डा.ल्हारक्याल लामा म्यानमार सरकारको प्रतिष्ठित धार्मिक उपाधिबाट सम्मानित भएका छन् ।

शनिबार साँखुस्थित न्गाग्युर पल्युल लिङ मोनेस्ट्री, मणिचुडमा आयोजित विशेष समारोहमा डा.लामालाई ‘महासद्धम्म जोतिकधज’ धार्मिक उपाधिबाट सम्मानित गरिएको हो ।

बुद्ध धर्मको शुद्धता, संरक्षण तथा विश्वव्यापी प्रचार–प्रसारमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै डा.लामालाई बुद्धको साँचो धर्मलाई उज्यालो बनाउने महान ध्वजवाहकका रूपमा ‘महासद्धम्म जोतिकधज’ उपाधि प्रदान गरिएको हो ।

Advertisement

म्यानमार सरकारले प्रत्येक वर्ष बुद्ध धर्मको शास्त्रीय अध्ययन, साधना, अभ्यास तथा बुद्ध शासनको संरक्षण र प्रववद्र्धनमा विशिष्ट योगदान दिने भिक्षु, भिक्षुणी तथा श्रद्धालु व्यक्तित्वलाई विभिन्न धार्मिक सम्मान प्रदान गर्दै आएको छ ।

सम्मान नेपालका लागि म्यानमारका राजदूत थान्त सिनले प्रदान गरे ।