काठमाडौं । मादेन फेन्दुवा जनकल्याण केन्द्र उपत्यका समितिको पुनर्गठन र सम्मान समारोह सम्पन्न भएको छ । शनिबार स्थानीय अनामनगरमा सम्पन्न समारोहका सभापतित्व संस्थाका अध्यक्ष सन्तोष मादेनले गरेका थिए ।
समारोहले उपाध्यक्षमा शिव मादेन, सचिवमा देशकुमार मादेन, सहसचिवमा मोहन मादेन, कोषाध्यक्षमा गणेश मादेन र सदस्यहरूमा कुमार मादेन, डा. अस्मिता मादेन, चन्द्र मादेन, भुपेन मादेन, सुरेन्द्र मादेन र चलचित्र नायक इअन मादेनलाई चयन गरेको छ ।
यस्तै, सल्लाहकारहरूमा भूपू ब्रिटिस सैनिक एवम् ज्येष्ठ नागरिक दुर्गा मादेन र अधिवक्ता एवं प्राध्यापक दिलिप मादेनलाई निर्विरोध चयन गरिएको छ ।
त्यस्तै पुराना कार्यसमितिका सदस्यहरू अनु मादेन हाल अमेरिका, प्रीतम मादेन, प्रेम मादेन र उत्तम मादेनहरूलाई समितिमा यथार्थ राखिएको छ ।
समारोहमा मादेन परिवारका केन्द्रीय उपाध्यक्ष एवं विदेश विभाग प्रमुख राम मादेन नेपाल सरकारको आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको कार्यकारी प्रमुखमा नियुक्त भएकोमा ताम्रपत्रसहित सम्मान गरिएको थियो ।
समारोहमा साहित्यकार चन्द्र मादेन आन्छन, डा. अस्मिता मादेन, व्यावसायी तारा सिरेङ मादेन र पहिचानवादी योद्धा एवं समाजसेवी चन्द्र मादेनले आआफ्नो अवधारणासहित मन्तव्य राखेका थिए ।
सहसचिव एवं कलाकार मोहन मादेनले संचालन गरेको उक्त समारोहको अध्यक्ष सन्तोष मादेनले उपस्थित सबैलाई धन्यवाद दिँदै आगामी केही महिनापछि सामुहिक साकमुरा वादेम्बा (गालि–श्राम बगाउने) कार्यक्रम रहेको जानकारी दिएका थिए ।
मादेन÷लिम्बुहरुको थात्थलो लिम्बुवान ताप्लेजुङको फुङलिङस्थित हाङदेवा ९ मा पर्यटक प्रबर्दनका लागि पुर्खाहरू आमा पनुपन्ज्याङमा छोरा र उक्केन्द हाङको विशाल मुर्तीसहित ४ करोड बढी लगानीमा मादेन गणी (माङ्गेना यक) संग्राहलय बनिदै गरेको बताइएको छ ।