August 27, 2026, Thursday
२०८३ भाद्र १२
1:37:26 pm

आइसिसी महिला टी-ट्वान्टी: नेपाल थाइल्यान्डसँग ४६ रनले पराजित

काठमाडौ । आइसिसी महिला टी-ट्वान्टी विश्वकप एसिया छनोट खेलमा नेपाल थाइल्यान्डसँग पराजित भएको छ ।
शुक्रबार मलेसियामा भएको छनोटको सेमिफाइनलमा नेपाललाई थाइल्यान्डले ४६ रनले पराजित गरेसँगै नेपालको विश्व छनोट खेल्ने लक्ष्य समाप्त भएको छ।

थाइल्यान्डले दिएको १०६ रनको लक्ष्य पछ्याएको नेपाल १९.३ ओभरमा ५९ रनमा अलआउट भयो।

नेपालका लागि कविता कुँवरले सबैभन्दा बढी नटआउट १७ रन जोड्दा कविता जोशी र अप्सरी बेगमले १०-१० रन बनाए। नेपालका अरु ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन्। 

Advertisement

नेपाललाई पराजित गरेसँगै थाइल्यान्ड भने विश्व छनोटमा पुगेको छ। प्रतियोगिताबाट दुई टिम विश्व छनोट पुग्ने प्रावधान छ।