August 27, 2026, Thursday
२०८३ भाद्र १२
1:37:26 pm

आइसिसी टी–२० विश्वकप २०२६: भारत सेमिफाइनलमा

२०८२ फाल्गुन १८

काठमाडौं । आइसिसी टी–२० विश्वकप २०२६ अन्तर्गत सुपर–८ को निर्णायक खेलमा भारत सेमिफाइनलमा पुगेको छ । कोलकतामा भाएको खेलमा वेस्ट इन्डिजलाई ५ विकेटले हराएर भारत समूहमा दोस्रो हुँदै सेमिफाइनलमा पुगेको हो ।

यसअघि यो समूहबाट दक्षिण अफ्रिका सेमिफाइनलमा पुगेको थियो । अब सेमिफाइनलमा अर्को समूहबाट आएको इंग्ल्यान्ड र भारतबीच मुम्बई तथा दक्षिण अफ्रिका र न्युजिल्यान्डबीच कोलकतामा खेल हुनेछ ।

आइतबार वेस्ट इन्डिजले दिएको १९६ रनको लक्ष्यलाई पछ्याउँदै भारतले ५ विकेटको क्षतिमा १९९ रन बनाउँदै खेल जितेको हो ।

Advertisement