November 10, 2026, Tuesday
२०८३ कार्तिक २४
1:37:26 pm

एमाले स्थायी कमिटी बैठकमा बामदेव गौतम सहभागी, नेपाल पक्ष अनुपस्थित

काठमाडौं- नेकपा (एमाले)को स्थायी कमिटी बैठक सुरु भएको छ। बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष अनुपस्थित छ भने उपाध्यक्ष बामदेव गौतम सहभागी छन्।

सोमबार दिउँसो ३ बजे केन्द्रीय कमिटीको  बैठक बस्दैछ। केन्द्रीय कमिटीमा राख्ने अजेन्डाका विषयमा स्थायी कमिटीमा छलफल हुने भएको हो। स्थायी कमिटीले पारित गरेको मस्यौदा केन्द्रीय कमिटीमा राखिने भएको छ।

यसअघि बसेको बैठकले भदौ २७ र २८ गते एमालेको विधान महाधिवेशन गर्ने निर्णय गरेको छ। उक्त महाधिवेशनमा राखिने विधान मस्यौदा तयार गर्न केन्द्रीय कमिटी बैठक बोलाइएको हो। 

Advertisement

नेपाल पक्षले भने एकताका लागि गुटगत गतिविधि रोक्न माग गरेको छ। तर, संस्थापन पक्षले भने पार्टीका गतिविधि जारी राख्ने  जनाएको छ।