November 11, 2026, Wednesday
२०८३ कार्तिक २५
1:37:26 pm

नेविसंघ पूर्वसभापति रञ्जीत कर्णद्वारा सहमहामन्त्रीको उम्मेदवारी घोषणा

काठमाडौं । नेपाल विद्यार्थी संघका पूर्व सभापति समेत रहेका नेपाली काँग्रेसका नेता रञ्जीत कर्णले सहमहामन्त्रीको उम्मेदवारी घोषणा गरेका छन् । कर्णले पार्टीको १४औं महाधिवेशनका लागि सहमहामन्त्रीको उम्मेदवार भएको बताएका छन् ।

कर्णले पार्टीलाई सशक्त ढंगले अगाडि बढाउन आफूले पदाधिकारीमा उम्मेदवारी दिएको बताए ।

कर्ण नेविसंघको सभापति भई लामो समय काम गरेका थिए । उनी प्रदेश २ का प्रभावशाली काँग्रेस नेता हुन् । कर्णलाई मधेशको भावी राजनीतिको खम्बाका रुपमा लिन थालिएको छ ।

Advertisement