काठमाडौं । नेपाली काँग्रेसको सभापतिमा रामचन्द्र पौडेलको पक्षमा समर्थन जुट्दै गएको दाबी गरिएको छ । सभापतिमा उम्मेदवारी घोषणा गरेका विमलेन्द्र निधिले समर्थन जनाएको बताइएसँगै पौडेलको पक्षमा समर्थन बढ्दै गएको दाबी गरिएको हो ।
सभापतिमा शेरबहादुर देउवा, रामचन्द्र पौडेल, विमलेन्द्र निधि, प्रकाशमान सिंह, शेखर कोइराला नाम चर्चामा छन् भने युवा नेताहरुले पनि उम्मेदवारीको दाबी गरेका छन् ।
आफ्नो पक्षमा समर्थन नजुटेपछि महाधिवेशनमै सहभागी नहुने भन्दै विज्ञप्ति जारी गर्ने तयारी गरेका पौडेललाई नेताहरूले रोकेका थिए । तत् पश्चात सिंह र कोइरालाले छाडे आफूले पनि पौडेललाई समर्थन जनाउने भन्दै निधिले विज्ञप्ति जारी नगर्न आग्रह गरेका थिए ।
पौडेलको सचिवालयका अनुसार देउवा र सिंहबाहेक पौडेललाई अरुको समर्थन देखिएको देखिएको छ ।
नेपाली कांग्रेसको १४औं महाधिवेशन आज सुरु भएको छ । औपचारिक रुपमा भने केहिबेरपछि नेपाली काँग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउबाटा उद्घाटन हुने कार्यक्रम रहेको छ ।
काठमाडौंको भृकुटीमण्डपमा भइरहेको महाधिवेशनमा अहिले विभिन्न झाँकी तथा नित्यहरु प्रस्तुत भइरहेका छन् ।