काठमाडौं । नेपाली काँग्रेस कार्यसम्पादन समितिको बैठक बोलाएको छ । यही माघ २७ गते केन्द्रीय कार्यसम्पादन समितिको पहिलो बैठक बोलाएको हो ।
शनिबार एक विज्ञप्ति जारी गर्दै पौडेलले पार्टीको कार्यसम्पादन समितिको बैठक बोलाइएकोबारे जानकारी गराएका हुन्। बैठक दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय बीपी स्मृति भवन, बीपी नगर ललितपुरमा बस्ने भएको छ।
उनका अनुसार बैठकमा म्याद सकिएका भ्रातृ तथा शुभेच्छुक संस्थाका सम्बन्धमा छलफल हुने छ । साथै अधिवेशन हुन बाँकी १६ जिल्लाका बिषय पनि छलफलको एजेन्डा रहेको पौडेलले बताए । बैठकमा विविध विषयमाथि पनि छलफल हुने उनले बताए ।