November 11, 2026, Wednesday
२०८३ कार्तिक २५
1:37:26 pm

नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आजपनि

काठमाडौं। सत्तासिन नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आजपनि बस्दैछ । बैठक दिउँसो २ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने तयारी रहेको छ ।

बिहीबारबाट सुरु भएको बैठकमा स्थानीय तहको निर्वाचन, एमसिसी र भ्रातृ संस्थाको अधिवेशनमाथि छलफल भइरहेको छ ।

काँग्रेसले एमसिसीमा पार्टी एकमत रहेको र अगाडि बढाउनुपर्ने निष्कर्ष समेत निकालेको छ । आज पनि यसबारेमा सदस्यले धारणा राख्ने छन् ।

Advertisement