November 11, 2026, Wednesday
२०८३ कार्तिक २५
1:37:26 pm

दोष एमसीसी पास हुने बित्तिकै अमेरिकी सेना आउँछ भन्दै प्रचार गर्नेको हो: काँग्रेस महामन्त्री

२०७८ फाल्गुन १९

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाली काँग्रेसले राष्ट्रघात गर्न नसक्ने बताए । बिहीबार भक्तपुरको मध्यपुरथिमि नगरपालिकामा काँग्रेसको नगर सम्मेलनलाई सम्बोधन गर्दै शर्माले काँग्रेस सधै जनताको पक्षमा काम गरिरहेको बताउँदै कहिल्यै पनि राष्ट्रघात गर्न नसक्ने बताएका हुन् ।

महामन्त्री शर्माले एमसीसीबारे भ्रम फैलाउनेहरूलाई जनताले प्रश्न गर्न सक्नुपर्ने धारणा राखे । उनले भने, ‘फेसबुकमा एमसीसी बारे लेख्नेको दोष छैन, सडकमा प्रदर्शन गर्नेको पनि दोस छैन् । दोस त जसले यो एमसीसी पास हुने बित्तिकै अमेरिकी सेना आउँछ भनेर प्रचार गरे उनीहरुको छ,’ ।

यस्तै, उनले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली आफैँले मन्त्रिपरिषद्बाट निर्णय गराएर एमसीसी सम्झौता संसद्मा दर्ता गराएको स्मरण गराउँदै अहिले संसद्मा एमसीसीकाबारेमा एक शब्द बोलेका आरोप लगाए ।

Advertisement