November 11, 2026, Wednesday
२०८३ कार्तिक २६
1:37:26 pm

पाँचथर काँग्रेसले टुङ्गायो उम्मेद्वार

पाँचथर । नेपाली काँग्रेस पाँचथरले स्थानीय तह निर्वाचनका लागि उम्मेद्वार टुङ्गाएको छ । काँग्रेसको भागमा ६ वटा गाँउपालिका अध्यक्ष र एक उपाध्यक्ष परेको छ । त्यस्तै वडा अध्यक्षको समेत उम्मेद्वार छनौट भएको छ ।

फालेलुङ गाँउपालिकाको अध्यक्षमा विरविक्रम थाम्सुहाङ, याङवरक गाँउपालीकामा मुविन्द्र योङ्या, हिलिहाङमा समर अधिकारी, कुम्मायकमा बम लावती, फाल्गुनन्दमा वृजहाङ आङदेम्बे र तुम्बेवामा बाबुराम खड्काले अध्यक्षमा टिकट पाएका छन् । मिक्लाजुङ गाँउपालिकाको उपाध्यक्षमा सन्तोष शेर्माले टिकट पाएका छन् ।

गठबन्धमा काँग्रेसको भागमा परेका अध्यक्ष, उपाध्यक्ष तथा वडाध्यक्षको उम्मेद्वार टुंगिएको जानकारी दिइएको छ ।

Advertisement