August 31, 2026, Monday
२०८३ भाद्र १५
1:37:26 pm

शैक्षिक क्षेत्रको सुधारमा प्रदेश सरकारको प्राथमिकतामा छ :मन्त्री आङबो

फिदिम । प्रदेश नं १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र बहादुर आङबोले शिक्षा क्षेत्रमा प्रदेश सरकारले लगानी बढाएको बताएका छन् ।

पाँचथरको कुम्मायक गाउँपालिकामा रहेको यासोक क्याम्पसको १६औं स्थापना दिवश तथ नव निर्मित क्याम्पस भवनको उद्घाटन गर्दै मन्त्री आङबोले शिक्षा क्षेत्रको विकास गरि दक्ष जनशक्ति उत्पादन गरेर वेरोजगारी समस्याको अन्त्य गर्न सबै शिक्षण संस्थाहरुले जोड दिनुपर्ने बताए ।

शिक्षा क्षेत्रहरु व्यवसायी वन्न नसक्दा शिक्षण संस्थाहरु धरासायी बन्दै गएको बताउँदै मन्त्री आङ्बोले शिक्षण संस्थाहरुले प्राविधिक शिक्षामा जोड दिएर नयाँ नयाँ विषयहरुको पठनपाठमा जोड दिनुपर्ने बताए । साथै मन्त्री आङबोले शिक्षा क्षेत्रलाई प्रभावकारी बनाएर रोजगारी सृजना गर्ने विषय उच्च प्राथमिकतामा राखेर मन्त्रालयले काम गरिरहेको बताए ।

Advertisement

त्रिभुवन विश्वविद्यालयको अनुदान आयोग, कुम्मायक गाउँपलिका र संघीय सरकार २ करोड ५० लाखको आर्थिक सहयोगमा निर्माण भएको क्याम्पसको नवनिर्मित दुइ तल्ले भवनमा १६ वटा कक्षा कोठा रहेका छन् । क्याम्पसमा शिक्षा शास्त्र र व्यवस्थापन संकायको विषय पठनपाठन हुने क्याम्पस संचालक समितिका उपाध्यक्ष देवेन्द्र कुमार लावतीले बताए ।