August 25, 2026, Tuesday
२०८३ भाद्र ९
1:37:26 pm

प्रदेश खापुङसमक्ष दलित आयोगको प्रतिवेदन पेस

विराटनगर । कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङसमक्ष राष्ट्रिय दलित आयोगको पाँचौँ वार्षिक प्रतिवेदन पेस गरिएको छ ।

आयोगका अध्यक्ष देवराज विश्वकर्माले नेपालको संविधानको धारा २९४ को उपधारा (३) बमोजिम प्रदेश प्रमुख खापुङलाई पाँचौँ वार्षिक (आव २०८१÷८२) प्रतिवेदन पेस गरेका हुन् ।

प्रमुख खापुङले दलित समुदायमा माथि हुने विभेद अन्त्यका लागि कानुनको कडाइका साथ कार्यान्वयन हुनु आवश्यक रहेको बताए ।

Advertisement

आयोगका सदस्य सुन्दर पुर्कोटीले दलितमाथि हुने विभेद र छुवाछुत अन्यका लागि तीन तहको सरकारले वर्ममान कानुन कडाइका साथ कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।