विराटनगर । कोशी प्रदेश प्रमुख परशुराम खापुङले प्रदेश सभाको नवौं अधिवेशन आह्वान गरेका छन् ।
खापुङले कोशी प्रदेश सरकारको सिफारिसअनुसार ६ जेठका लागि कोशी प्रदेश सभाको नवौँ अधिवेशन आह्वान गरेका हुन् ।
नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम कोशी प्रदेश मन्त्रिपरिषद्को बैशाख ३१ गतेको सिफारिसमा ६ गते बुधबार दिनको ३ः०० बजे विराटनगर महानगरपालिका वडा नं. ७ स्थित वीरेन्द्र सभागृहमा कोशी प्रदेश सभाको नवौं अधिवेशन आह्वान गरेको प्रमुखको सचिवालयले जनाएको छ ।
