November 8, 2026, Sunday
२०८३ कार्तिक २२
1:37:26 pm

दमक नगरपालिकाभित्र कालोपत्र नभएको सडक खोज्नुपर्ने अवस्था छ: ओली

विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दमकमा कालोपत्र नभएको सडक खोज्नु पर्ने अवस्था पुगेको बताएका छन् ।

आज झापाको दमकमा तीन पाङ्ग्रे सवारी चालक श्रमिकहरूसँगको अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले पहिला यो क्षेत्रमा कालोपत्र हेर्न राजमार्ग आउनु पर्ने अवस्था रहेकोमा अहिले कालोपत्रे नभएको सडक खोज्नुपर्ने अवस्था रहेको दाबी गरेका हुन् ।

अध्यक्ष ओलीले भने, ‘पहिलो पटक यो क्षेत्रमा आफू चुनाव प्रचारमा हिँड्दा गाडीमा नै कोदालो (फरुवा) बोकेर हिँड्नु पथ्र्यो। पूर्वपश्चिम राजमार्ग बाहेक अन्य क्षेत्रमा कालोपत्र सडक थिएन ।’

Advertisement

खासगरी २०७२ सालपछि नेकपा एमाले नेतृत्वमा सरकार निर्माण भएपछि अहिले कालोपत्र सडक नभएको क्षेत्र खोज्दै हिँड्नु परेको अध्यक्ष ओलीको दाबी छ ।