November 7, 2026, Saturday
२०८३ कार्तिक २१
1:37:26 pm

चक्रघट्टी जेसीजको जेसिस सप्ताह अन्तर्गत साइबर सचेतना कार्यक्रम

चक्रघट्टी जेसीजको जेसिस सप्ताह अन्तर्गत साइबर अपराध सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ । स्थानीय स्तरमा बढ्दै गएको साइबर अपराधका घटनाबारे जानकारी दिने र नागरिकमा सचेतना अभिवृद्धि गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको हो ।

गत बिहिबार चक्रघट्टी जेसिसका अध्यक्ष शरण कुमार लिम्बूको सभाध्यक्षतामा कार्यक्रम सम्पन्न गरिएको थियो ।

कार्यक्रममा प्रमुख सहजकर्ता ईलाका प्रहरी कार्यालय महेन्द्रनगर, सुनसरीका प्रहरी निरीक्षक दिवस कुँवरले साइबर अपराधका विभिन्न स्वरूप, यसको जोखिम तथा यसबाट बच्ने उपायहरूबारे विस्तृत जानकारी दिएका थिए । उनले सामाजिक सञ्जालको सुरक्षित प्रयोग, व्यक्तिगत विवरणको सुरक्षा र अनलाइन ठगीबाट जोगिने उपायहरूबारे सहभागीलाई सचेत गराएका थिए ।

Advertisement

कार्यक्रमले सहभागीहरूलाई डिजिटल युगमा सुरक्षित रहन आवश्यक ज्ञान प्रदान गर्नुका साथै समाजमा सकारात्मक सन्देश प्रवाह गर्न महत्वपूर्ण भूमिका खेलेको आयोजकले जनाएको छ ।

कार्यक्रम सप्तकोशी बहुमुखी क्याम्पस चक्रघट्टीमा भएको थियो । सचेतना भने क्याम्पसका स्नातक प्रथम, दोस्रो र तेस्रो वर्षका ७२ विद्यार्थीहरु सहभागी रहेको संस्थाका अध्यक्ष शरण कुमार लिम्बूले बताए ।

बराहक्षेत्र नगरपालिका वडा नं ७ का वडाध्यक्ष कपिल आचार्यको प्रमुख आतिथ्यमा सम्पन्न गरिएको कार्यक्रममा विशिष्ट अतिथिः सुशील कोइराला, क्याम्पस प्रमुख, सप्तकोशी बहुमुखी क्याम्पस, जेसी दिवस बिष्ट, चक्रघट्टी जेसीज वर्ष २०२२ का अध्यक्ष, पूर्व क्याम्पस प्रमुख रोहिणी भट्टराई, प्राध्यापक भरत बिष्ट, जुनियर जेसी डिक बहादुर चुवान, बराहक्षेत्र जुनियर जेसीजका अध्यक्ष, चक्रघट्टी जेसीजका बोर्डका पदाधिकारीहरू सहितको उपस्थिति रहेको थियो ।