August 25, 2026, Tuesday
२०८३ भाद्र ९
1:37:26 pm

कोशी प्रदेश प्रमुख परशुराम खापुङद्धारा प्रदेश सभाको नवौं अधिवेशन आह्वान

विराटनगर । कोशी प्रदेश प्रमुख परशुराम खापुङले प्रदेश सभाको नवौं अधिवेशन आह्वान गरेका छन् ।

खापुङले कोशी प्रदेश सरकारको सिफारिसअनुसार ६ जेठका लागि कोशी प्रदेश सभाको नवौँ अधिवेशन आह्वान गरेका हुन् ।

नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम कोशी प्रदेश मन्त्रिपरिषद्को बैशाख ३१ गतेको सिफारिसमा ६ गते बुधबार दिनको ३ः०० बजे विराटनगर महानगरपालिका वडा नं. ७ स्थित वीरेन्द्र सभागृहमा कोशी प्रदेश सभाको नवौं अधिवेशन आह्वान गरेको प्रमुखको सचिवालयले जनाएको छ ।

Advertisement