November 9, 2026, Monday
२०८३ कार्तिक २३
1:37:26 pm

बालकोट वार्ता १० बुँदे कार्यान्वयन गर्न सैद्धान्तिक सहमति, भोलि स्थायी कमिटी बैठक

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र एकता पक्षधर नेताहरुबीच १० बुँदे सहमति कार्यान्वयन गर्ने सैद्धान्तिक सहमति भएको छ ।

नेकपा एमालेले केन्द्रदेखि टोलसम्मका सबै पुराना कमिटी व्यूँताउने भएको छ । माधव नेपालको साथ छाडेर मध्यमार्गी भूमिकामा बसेका नेताहरू अध्यक्ष केपी शर्मा ओलीबीच बालकोटमा आज (सोमवार) भएको छलफलमा पार्टी एकता कार्यदलले बनाएको १० बुँदे सहमति कार्यान्वयन गर्ने सहमति गरेको नेता योगेश भट्टराईले जानकारी दिए ।

आजको सहमतिअनुसार एमालेका केन्द्रदेखि टोलसम्मका सबै कमिटी २०७५ सालको जेठ २ गतेकै अवस्थामा फर्कने छन् । यस्तै नवौं महाधिवेशनपछि नेताले जे जिम्मेवारी पाएका थिए ती सबै जिम्मेवारी पनि पुनः क्रियाशील हुने नेता भट्टराईले बताए ।

Advertisement

१० बुँदे सहमति कार्यान्वयनको थप मोडालिटी तय गर्न भोलि मङ्गलवार नै स्थायी कमिटीको बैठक बस्ने र केही दिनमै केन्द्रीय कमिटीको बैठक पनि बस्ने नेता भट्टराईले बताए । आजको छलफलमा अध्यक्ष ओलीले आफूले पार्टीका सबै नेतालाई समान व्यवहार गर्ने, पार्टीलाई एकताबद्ध बनाउन जिम्मेवार रहेको र नेताहरूलाई पुरानै जिम्मेवारी दिन तयार रहेको बताएको जनाइएको छ ।