काठमाडौं । वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले सभापतिको साझा उम्मेदवार तय गर्न आज बैठक बस्ने भएको छ । सोमबार साँझ पौडेल निवास बोहोराटारमा सभापतिका आकांक्षी नेताहरू पौडेल, प्रकाशमान सिंह र डा शशांक कोइराला र डा शेखरबीच छलफल भएपनि निष्कर्ष ननिस्केपछि आज पुनः छलफल हुन लागेको हो ।
साझा उम्मेदवार तय गर्न आज दिउँसो १ बजे प्रकाशमान सिंहको निवास चाक्सिवारीमा केन्द्रीय सदस्यसहितको बैठक बोलाइएको स्रोतले जनाएको छ
काँग्रेस महाधिवेशन शुरु हुन अब तीन दिन मात्र बाकी छ । यहि मंसिर २४ गते देखि सुरु हुने अधिवेशनमा गुट उपगुटको प्यानलसहित नेतृत्व दावी गर्न राजधानीमा बाक्लो छलफल थालेको छ ।