November 11, 2026, Wednesday
२०८३ कार्तिक २५
1:37:26 pm

नेपाली काँग्रेसको ऐतिहासिक कार्यक्रम ऐतिहासिक ठाउँमा: कृष्ण सबुज वानिया

काठमाडौं । नेपाली काँग्रेसको १४औं महाधिवेशनको उद्घाटन कार्यक्रम भृकुटीमण्डपमा सुरु भएको छ । कार्यक्रममा देश तथा विदेशका पाहुनाहरुको उपस्थित रहेको छ ।

महाधिवेशनमा उपस्थित सम्पूणलाई स्वागत गर्दै कार्यक्रमका सभाध्यक्ष नेपाली काँग्रेस काठमाडौंका सभापति कृष्ण सबुज वानियाले आजको ऐतिहासिक महाधिवेशन गणेशमान सिंहको जन्मस्थान रहेको ऐतिहासिक ठाउँमै भइरहेको बताए ।

त्यस्तै स्वागतकै क्रममा उनले महाधिवेशनले राष्ट्र र पार्टीको हितमा सम्पूर्ण रुपमा व्यावस्थापन गर्न सक्ने हैसियत राख्ने काँग्रेस बनाउन महाधिवेशन सफल रहोस र मार्गदर्शन गरोस भन्ने आग्रह पनि गरे ।

Advertisement