November 11, 2026, Wednesday
२०८३ कार्तिक २५
1:37:26 pm

नेपालमा जस्तो खुल्ला मन भएका नेताहरू विश्वको कुनै देशमा छैनन्: भाजपा नेता हर्षवर्धन

काठमाडौं । भारतीय जनता पार्टीका नेता एवं पूर्व मन्त्री डा. हर्षवर्धनले नेपालमा जस्तो खुला मन भएको राजनीतिज्ञ अहिलेसम्म कुनैपनि देशमा नदेखेको बताए । नेपाली काँग्रेसको १४औं महाधिवेशनमा शुभकामना दिँदै उनले कुनै एउटा पार्टीको महाधिवेशनमा अन्य सबै पार्टीका शिर्ष नेताहरुको उपस्थिति रहनु उदाहरणीय रहेको उनले बताएका हुन् ।

शुभकामना दिने क्रममा उनले केहि समय अघि चितवनमा भएको नेकपा एमालेको महाधिवेशनमा प्रधानमन्त्री शेरबहादुर देउवा शुभकामना दिनकै लागि ३ घण्टासम्म बसेको भन्दै यस्तो खुला मन कुनै पनि देशको नेताहरुमा नुहुने उल्लेख गरे

त्यस्तै उनले नेपाल र भारतबीच संस्कृति र सभ्यताको हिसाबले गहिरो सम्बन्ध रहेको बताए ।
उनले नेपालमा गएको २०७२ सालको भुइचालो र कोभिड–१९ मा भारतले निभाएको भूमिकालाई उल्लेख गर्दै नेपाललाई दुख्दा भारतलाई दुख्ने बताए । विपत्तिमा नेपाललाई आवश्यक पर्ने सबै किसिमको सहयोग प्रदान गरेको उनको भनाइ थियो ।

Advertisement