काठमाडौं । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले काँग्रेसकै नेतृत्वमा राष्ट्रिय एकता अझै बलियो बनाइने बताएका छन्। शुक्रबार राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा बीपी जेल बसेको स्थान सुन्दरीजल पुगेर देउवाले काँग्रेसकै नेतृत्वमा राष्ट्रिय एकता अझै बलियो बनाउने बताएका हुन् ।
‘राष्ट्रिय एकताको आवश्यकता छ। राष्ट्रिय एकता अझै बलियो बनाउँछौं। कांग्रेसले नै यसको नेतृत्व लिनुपर्छ।’, प्रधानमन्त्री देउवाले भने ।
त्यस्तै, प्रधानमन्त्री देउवाले नेपाल संघीय गणतन्त्रात्मक देश भएकोले सात प्रदेशबीच एकता आवश्यक रहेको पनि बताए ।