August 27, 2026, Thursday
२०८३ भाद्र ११
1:37:26 pm

धादिङमा डोजर पुरिदा ३ जना बेपत्ता

काठमाडौं । धादिङको रुवी भ्याली गाउँपालिकाको तिप्लीङमा बाटो खन्ने क्रममा डोजर पुरिदा डोजरमा सवार चालक सहित ३ जना बेपत्ता भएका छन् ।

जिल्ला प्रहरीका अनुसार काठमाडौंबाट हेलिकप्टर मगाएर सदरमुकामबाट उद्धार टोली पठाउने तयारी भइरहेको छ ।

बाटो बनाउँदा पहिरो गएर डोजर र मानिस पुरिएका हुन् । स्थानियका अनुसार अहिले पनि माथिबाट ढुंगा खसिरहेको छ । 

Advertisement

प्रहरी चौकी शेर्पुङबाट प्रहरीको टोली घटनास्थलमा जाँदैछ ।