August 25, 2026, Tuesday
२०८३ भाद्र ९
1:37:26 pm

भारतीय गाडीको ठक्करबाट तनहुँमा दुई बालबालिकाको मृत्यु

काठमाडौं । तनहुँमा भारतीय गाडीको ठक्करबाट दुई स्कुले बालबालिकाको मृत्यु भएको छ ।

पृथ्वी राजमार्गअन्तर्गत आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा शुक्रबार दिउँसो दुर्घटना हुँदा आँबुखैरेनी–२ की ८ वर्षीया सायना थापा र ५ वर्षीय विलियम थापाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीकाअनुसार विद्यालयको छुट्टीपछि घरतर्फ पैदल जाँदै गरेका उनीहरुलाई मुग्लिनबाट डुम्रेतर्फ आउँदै गरेको युपी १३ ए क्यु ७७० नम्बरको गाडीले ठक्कर दिँदा दुर्घटना भएको हो ।

Advertisement

सडकछेउ हिँडिरहेको अवस्थामा तीव्रगतिमा आएको कारले ठक्कर दिँदा गम्भीर घाइते भएका दुवै बालबालिकालाई तत्काल आँबुखैरेनी अस्पताल लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि आँबुखैरेनी अस्पतालले सीएमीसी अस्पताल चितवन रेफर गरेकोमा चिकित्सकले उनीहरूलाई मृत घोषणा गरेका हुन् ।

मृतक सायना र विलियम दाजुभाइका छोराछोरी हुन् ।