August 25, 2026, Tuesday
२०८३ भाद्र ९
1:37:26 pm

उदयपुरमा हायस र मोटरसाइकल ठोक्किँदा दुईजना गम्भीर घाइते

विराटनगर । उदयपुरमा हायस र मोटरसाइकल ठोक्किँदा दुईजना गम्भीर घाइते भएका छन् ।

उदयपुरगढी सीमाक्षेत्र बगपतीमा हायस र मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकल चालक रमेश राईको दाहिने खुट्टा र हात भाँचिएको र पछाडि सवार शुभद्रा चौधरीको टाउकोमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ।

प्रत्यक्षदर्शीका अनुसार कटारीबाट झापाको दमकतर्फ आउदै गरेको हायस र मोटरसाइकल एकआपसमा ठोक्किएका थिए।

Advertisement

दुर्घटनापछि हायस चालक फरार रहेका छन्।

घाइते दुवै जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको जनाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।