November 11, 2026, Wednesday
२०८३ कार्तिक २५
1:37:26 pm

नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समिति गठन

काठमाडौं । काँग्रेसको केन्द्रीय कार्यसम्पादन समिति गठन भएको छ । शुक्रबार भर्चुअल माध्यमबाट बसेको केन्द्रीय कार्यसमितिको बैठकले कार्यसम्पादन समिति गठन गरेको हो ।

बैठकमा सभापति शेरबहादुर देउवाले महामन्त्री गगन थापालाई प्रस्ताव पेस गर्न लगाएका थिए । थापाले कार्यसम्पादन समितिका पदेन र सभापतिबाट मनोनितको नाम बैठकमा पेस गरेका थिए ।

प्रस्तावलाई बैठकले सर्वसम्मत रुपमा पारित गरेको छ ।

Advertisement