November 11, 2026, Wednesday
२०८३ कार्तिक २६
1:37:26 pm

सभापति देउवासँग काँग्रेसका पदाधिकारीको सामूहिक छलफल

काठमाडौं । नेपाली काँग्रेसका पदाधिकारीले सभापति शेरबहादुर देउवासँग सामूहिक छलफल गरेका छन् । बुधबार कार्यसम्पादन समितिको बैठकअघि प्रधानमन्त्रीको निवास बालुवाटारमा पदाधिकारीले सभापति देउवासँग सामुहिक छलफल गरेको प्रवक्ता प्रकाशशरण महतले बताए ।

उनले भने ‘हिजो हामीले सभापति बाहेका पदाधिकारी बसेर भोलि बस्ने केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा सन्दर्भमा छलफल गरेका थियौं । त्यसबारे उहाँलाई बिफ्रिङ ग¥यौँ ।’

महतले भोलि २ बजे बस्ने कार्यसम्पादन समितिका सदस्यले बैठकमा आफ्नो कारण राख्ने बताए । उनका अनुसार स्थानीय निर्वाचनमा पार्टी पंक्तिको परिचालन, म्याद समाप्त भएका भ्रातृ तथा शुभेच्छुक संस्था र अधिवेशन हुन बाँकी जिल्लाका सन्दर्भमा छलफल हुनेछ ।

Advertisement