November 11, 2026, Wednesday
२०८३ कार्तिक २५
1:37:26 pm

नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज

काठमाडौं। सत्तारुढ नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ। बैठक दिउँसो २ बजेको लागि बोलाइएको हो ।

केन्द्रीय कार्यालय सानेपामा बस्न लागिएको बैठकमा स्थानीय तह निर्वाचनको तयारी, १६ जिल्लाको जिल्ला अधिवेशन र म्याद गुज्रिएका भ्रातृ तथा शुभेच्छुक संस्थाको विषयमा छलफल हुने प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिए ।

बैठकअघि बुधबार कार्य सम्पादन समिति बैठकमा पेस गर्ने एजेन्डाका विषयमा छलफल गर्न भन्दै पदाधिकारी बैठक बसेको थियो ।

Advertisement

बैठकमा संस्थापन इतर समूहले भने स्थानीय तहको निर्वाचनमा एक्लै जान नेतृत्वलाई दबाब दिने तयारी गरेका छन् । डा. शेखर कोइरालाले नेतृत्व गरेको इतर समूहले पाँचदलीय गठबन्धनको औचित्य सकिएको निष्कर्ष निकाल्दै काँग्रेस एक्लै निर्वाचनमा जान नेतृत्वलाई दबाब दिने निर्णय गरेको हो ।