November 7, 2026, Saturday
२०८३ कार्तिक २२
1:37:26 pm

बीपी राजमार्गमा बस दुर्घटना, सात जनाको शव निकालियो

काठमाडौं । बीपी राजमार्गमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ।

बनेपाबाट रोशी–८ खार्पाचोक जाँदै गरेको बस बीपी राजमार्गको बुच्चाकोटमा दुर्घटनामा परेको छ । नमोबुद्ध–२ सेल्फीडाँडा हुँदे रोशी जान लागेको बा३ ख ८३९८ नम्बरको बस दुर्घटनाग्रस्त भएको हो ।

हालसम्म सात जनाको शव निकालिएको स्थानीय प्रहरीले जानकारी दिएको छ । घटनाबारे विस्तृत विवरण आइसकेको छैन ।

Advertisement