August 25, 2026, Tuesday
२०८३ भाद्र ९
1:37:26 pm

आजको मौसमः चार प्रदेशमा भारी वर्षा हुने

काठमाडौं । मनसुनको न्यून चापीय रेखा पश्चिम तिर सरदर स्थान भन्दा दक्षिण तर्फ तथा पूर्व तिर सरदर स्थान भन्दा उत्तर तर्फ अवस्थित रहेकोले वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

सोमबार बिहान हाल देशभर आंशिक देखि सामान्य बदलिएको र सबै प्रदेशका थोरै स्थानहरूमा हलुकादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको हो ।

महाशाखाका अनुसार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। सबै प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी र गण्डकी प्रदेशका एक÷दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

Advertisement

सोमबार राती भने देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। सबै प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश, गण्डकी र लुम्बिनी प्रदेशका एक÷दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको महाहाखाले जनाएको छ।