August 26, 2026, Wednesday
२०८३ भाद्र ११
1:37:26 pm

जनकपुर-ढल्केबर सडकखण्डमा ठूलो दुर्घटना

धनुषा – जनकपुर- ढल्केबर सडकखण्ड अन्तर्गत राजदेवी मन्दिर अगाडि सवारी दुर्घटना भएको छ।

ना१ज ६३८५ को विङर ओभरस्पिडले अनियन्त्रित भई दुर्घटना भएको ट्राफिक प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ। दुर्घटनामा चार जना घाइते भएका छन्। एकको अवस्था भने गम्भीर भएको प्रहरीले जानकारी दिएको छ।

घाइते हुनेहरुमा लब कुमार सिंह ,मनिसा कुमारी गुहार, चाँदनी कुमारी छन्। चलाक सन्तोस कुमार यादव गम्भीर घाइते भएका हुन्। घाइतेलाई उपचारका लागि जनकपुर प्रदेशिक अस्पताल लगिएको छ। 

Advertisement

घटनाका विषयमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यलय महेन्द्रनगरले जनाएको छ।