August 27, 2026, Thursday
२०८३ भाद्र ११
1:37:26 pm

रौतहटमा भारतीय नम्बर प्लेटको जीप दुर्घटना हुँदा चार जनाको मृत्यु

रौतहट । रौतहटमा भारतीय नम्बर प्लेटको जीप दुर्घटना हुँदा जीपमा सवार चार जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार मंगलबार अपराह्न सवा ४ बजेतिर सगरूडा नगरपालिका वडा नम्बर १ जयनगरमा दुर्घटना भएको थियो ।

गौरबाट गरूडा जाँदै गरेको बिआर ०५पिए ६९५३ नम्बरको स्कोर्पियो जीप आफैं अनियन्त्रित भई दुर्घटना भएको प्रहरी प्रहरीले जनाएको छ । जीप सडकबाट १५–२० फिट तल खसेको हो ।

जीपमा सवार सात जनामध्ये चार जनाको मृत्यु भएको र बाँकी तीन जना घाइते भएको प्रहरीले जनाएको छ । मृतकको सनाखत भइसकेको छैन ।

Advertisement

उक्त जीप विवाहमा गएको स्थानीयहरूले प्रहरीलाई जानकारी दिएका छन् । प्रहरीले पनि यसबारे पुष्टि गर्ने काम भइरहेको बताएको छ ।