November 10, 2026, Tuesday
२०८३ कार्तिक २४
1:37:26 pm

सुनकोशीमा बेपत्ता भएका सिटिइभिटीका कर्मचारी यमप्रसाद भुर्तेलको शव फेला

काठमाडौं । सुनकोशीमा बेपत्ता भएका सिटिइभिटीका कर्मचारीको शव फेला परेको छ। शनिबार बिहान ८ बजे पुर्वीनवलपरासी प्रगती नगरपालिका-७ बस्ने ५६ वर्षीय यमप्रसाद भुर्तेलको शव फेला परेको हो ।

सिटिइभिटीका योजना महाशाखाका निर्देशक रहेका उनी गत जेठ १९ गते शुक्रबार सिन्धुलीको गोलन्जोर गाउँपालिका-७ लौकुनमा गाडी दुर्घटना हुँदा सुनकोशी नदीमा खसेका थिए ।

भुर्तेलको शव दुर्घटनास्थलबाट अन्दाजी ९५ किलोमिटर पर उदयपुरको ताप्ली गाउँपालिका-५ कुमलटारस्थित सुनकोशी नदी किनारमा फेला परेको हो।

Advertisement

प्र.३-०१-००२ झ ४९८५ नम्बरको गाडीमा भुर्तेलसहित चारजना भक्तपुरबाट खोटाङतर्फ जाँदै थिए। उक्त दुर्घटनामा परेका दुई जना कर्मचारीको शव फेला परिसकेको थियो।

दाङका चालक कृष्ण चौधरीले पौडी खेलेर आफ्नो ज्यान बचाउन सफल भएका थिए। तर त्यसमा सवार सिटिइभिटीका प्रशासन महाशाखा निर्देशक ५७ वर्षीय सहसचिव कृष्णबहादुर केसी र विद्युत प्रशिक्षक ३२ वर्षीय भानु पौडेलको मृत्यु भएको हो। 
उनीहरूको शव र गाडी गत जेठ २३ गते फेला परेको हो।