August 29, 2026, Saturday
२०८३ भाद्र १४
1:37:26 pm

मोरङको कानेपोखरीमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु

विराटनगर। मोरङको कानेपोखरी गाउँपालिका- २ केरौन स्थितमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

प्रहरीका अनुसार हिजो दिउँसो साढे २ बजे कानेपोखरीबाट रमाईलोतर्फ जादै गरेको प्रदेश १-०२-०४९ प. ५७२२ नम्बरको स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा स्कुटर चालक स्थानीय ४५ बर्षीय दिलिप राजवंशी र सोही स्कुटरमा पछाडी सवार ४३ बर्षीय सुरुज कुमार राजवंशी घाइते भएका थिए ।दुर्घटनामा परी घाईते भएका दुबै जनालाई उपचारको लागि नोबेल अस्पताल बिराटनगर लगिएकोमा चालक राजवंशीको उपचारको क्रममा मृत्यु भएको हो ।

घाइते भएका सुरजकुमार्को सोही अस्पतालमा उपचार भईरहेको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।

Advertisement