August 25, 2026, Tuesday
२०८३ भाद्र ९
1:37:26 pm

धादिङमा बोलेरो जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु

२०८२ कार्तिक २३

काठमाडौं । धादिङमा बोलेरो जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।

आइतबार साँझ पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छी गाउँपालिका–४ मास्टारमा काठमाडौंबाट गजुरीतर्फ जाँदै गरेको बा.प्र. ०१–०२७ च. ०३४० नम्बरको बोलेरोको ठक्करबाट सडक छेउमा हिँडिरहेका गल्छी–४ मास्टारका ७० वर्षीय यज्ञराज अधिकारीको मृत्यु भएको हो ।

ठक्करबाट गम्भीर घाइते भएका अधिकारीलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र गजुरी पठाइएको थियो । तर, चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

Advertisement

घटनापछि स्थानीयवासीले केहीबेर सडक अवरुद्ध गरेका थिए । ठक्कर दिने बोलेरोका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ