अभियान राष्ट्रिय जागरण अभियानको रुपमा स्थापित
काभ्रे । महाकाली मेची जागरण अभियान समापन गरेर फर्किएको युवाहरूको टोलीलाई नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालयमा भव्य स्वागत गरिएको छ ।
पार्टी कार्यालय आलोकनगरमा युवा संघको अभियानलाई एक समारोहका बिच स्वागत गरिएको हो । पार्टीका उपाध्यक्ष प्रमेश हमाल, महासचिव डा. वेदुराम भुसाल, वाग्मती प्रदेश अध्यक्ष सावित्रा भुसाललाई युवा संघका उपाध्यक्ष अशोककुमार दाहालको टोलीले पार्टी र युवा संघको झण्डा सहित महाकाली र मेची नदीको पानी हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा युवा जागरण अभियानको टोलीलाई खादा र टिका लगाएर स्वागत गर्दै पार्टीका उपाध्यक्ष हमालले यो अभियान युवाहरूको जागरण मात्र नभएर राष्ट्रिय जागरण अभियानको रुपमा स्थापित भएको उहाँको भनाई थियो । कार्यक्रममा महासचिव डा. भुसालले अभियान टोलीलाई बधाई र धन्यवाद दिँदै अभियानले कार्यकर्ताहरूमा उत्साह थपेको बताए ।
आगामी दिनमा पनि अन्याय ,अत्याचार, भ्रष्टाचार र निरङ्कुशताका विरुद्ध यस्ता जागरण अभियानहरू सञ्चालन गरि जनतालाई यथार्थ कुराको जानकारी गराउनुपर्ने महासचिव भुसालको भनाई थियो ।
महाकाली मेची युवा जागरण अभियानमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा तराईका २२ वटा जिल्लामा करिव ४ लाख बढीको सहभागिता रहेको युवा संघ नेपालका उपाध्यक्ष दाहालले बताए ।
यो पनि पढ्नुहोस्
महाकाली मेची युवा जागरण अभियानलाई काभ्रेको बनेपामा भव्य स्वागत
युवा संघ नेपालको महाकाली मेची युवा जागरण अभियान समापन
युवा संघको महाकाली-मेची जागरण अभियानः बिर्तामोडमा खुल्ला सभाको तयारी
युवा संघ नेपालको जागरण टोली हेटौंडाहुँदै मधेश प्रदेशतर्फ
युवा संघ नेपालको जागरण अभियान दाङको लमहीमा
युवा संघ नेपालको महाकाली मेची अभियानलाई सुर्खेतमा मोटरसाइकल र्यालीले स्वागत