November 7, 2026, Saturday
२०८३ कार्तिक २१
1:37:26 pm

एमाले संसदीय दलको बैठक बस्दै

काठमाडौं । एमाले संसदीय दलको बैठक आज बस्दै छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बिहान ११ बजे बैठक बस्न लागेको हो ।

बैठकमा संसदीय दलको नेता, प्रमुख सचेतक र सचेतक चयनको विषयमा छलफल हुने बताइएको छ ।

प्रतिनिधि सभाको बैठक चैत १९ गते बोलाइएकाले त्यसअघि नै एमालेले दलको नेता, प्रमुख सचेतक र सचेतक चयन गर्न लागिएको हो ।

Advertisement

आजको बैठकमा संसदको बैठकमा एमाले सांसदहरुको भूमिकाबारे पनि छलफल हुने एक नेताले जानकारी दिए ।