नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश समितिको सभापति पदका लागि कैलालीको लम्की चुहा नगरपालिकाका नेता हिमबहादुर रावलले उम्मेदवारी घोषणा गरेका छन् । उनले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै उम्मेदवारी घोषणा गरेका हुन् ।
उनी यही मङ्सिर १६ गतेदेखि हुने प्रदेश अधिवेशनमा प्रदेशको पार्टी सभापतिको पदमा लड्ने भएका हुन् । उनी पार्टीको १२औं महाधिवेशनमा केन्द्रीय सदस्य पदका उम्मेदवारीमा पराजित भएका थिए ।
पार्टीलाई थप बलियो, सुदृढीकरण गर्ने लक्ष्यसहित उम्मेदवारी दिने मनसाय बनाएको उनले बताए । उनले भने, ‘मैलै पार्टीका शीर्ष नेता, सभापतिका आकाङ्क्षी, महाधिवेशन प्रतिनिधिमा निर्वाचित नेता लगायत सबैको सल्लाह, सुझाव अनुसार नै प्रदेश सभापतिमा उम्मेदवारी दिने घोषणा गरेको हुँ, प्रदेशमा धेरै व्यक्ति सभापति पदमा उठे म पनि चुनाव लड्छु । सर्वसम्मत ढंगले कार्यसमिति बनाउने प्रयास भएमा त्यो समयमा हेरुँला ।’
प्रधानमन्त्री शेरबहादुर देउवाको विशेष पात्रका रूपमा रहेका उनी अहिले प्रदेश सभापति सर्वसम्मत रूपमा आफूलाई बनाउन आग्रह गरे ।