July 8, 2026, Wednesday
२०८३ असार २४
1:37:26 pm

नेपाली काँग्रेस संसदीय दलको बैठक भोली बस्ने

काठमाडौं । नेपाली काँग्रेसले संसदीय दलको बैठक बोलाएको छ । पछिल्लो विकसित राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्न काँग्रेसले बैठक बोलाएको हो ।

मंगलबार बिहान ९ बजे संघीय संसद भवन, नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बैठक बस्ने गृहमन्त्री तथा काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले जानकारी दिए ।

बैठकमा प्रधानन्यायाधीश माथिको महाअभियोग र एमसीसीका विषयमा छलफल हुने पनि उनले जानकारी दिए ।

Advertisement